गण्डकीमा १०४ जना कोरोना संक्रमित थपिए, प्रदेशमा कूल संख्या ६९७ पुग्यो

गण्डकीमा १०४ जना कोरोना संक्रमित थपिए, प्रदेशमा कूल संख्या ६९७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा विगत २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बेलुका ८ः१५ मा जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको छ ।

समाचार अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपुरका ३८ जना, पर्वत जिल्लाका २१ जना, गोरखाका १८ जना, स्याङ्जाका १३ जना, कास्की जिल्लाका ७ जना, बाग्लुङका ६ जना र तनहुँका १ जना रहेका छन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।

Logo