म्याग्दी काँग्रेसको सम्मेलन स्थगित

म्याग्दी काँग्रेसको सम्मेलन स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ। जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए।  

विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए। काँग्रेसको विधानअनुुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो। 

 सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो।यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ। 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गरेको हो। 

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका जुग्जालीले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई आवश्यक जनशक्ति,आर्थिक र जिन्सी सहयोग गर्नुपर्ने भएको हुँदा तयार रहन मोर्चामा आबद्ध नेता,कार्यकर्तालाई अनुरोध गरेकाे छ। विज्ञप्तिमार्फत मृतकलाई श्रद्धाञ्जलि,शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

Skip This
Skip This
Logo