‘चूडाप्रसाद चौलागाईः व्यक्तित्व र कृतित्व’ नामक समीक्षा संग्रह सार्वजनिक

‘चूडाप्रसाद चौलागाईः व्यक्तित्व र कृतित्व’ नामक समीक्षा संग्रह सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नुशीलन नेपालले प्रकाशन गरेको चूडाप्रसाद चौलागाईः व्यक्तित्व र कृतित्व नामक (समीक्षा संग्रह) शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार डा.इन्दुल केसीलगायतका विशिष्ट अतिथिहरुले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। 

पुस्तकमा विभिन्न १५ जना विद्धान चूडाप्रसाद चौलाईको जीवनका विबिध पक्षहरुबारे लेखिएका लेखहरु समावेश गरिएका छन्। पुस्तकमा ८६ पृष्ठको रहेको छ। पुस्तकको मूल्य दुई सय ५५ रुपैयाँं तोकिएको छ। साथै पुस्तकमा एउटा कविता पनि समावेश गरिएको छ। 

२००४ साल चैत ९ गते चौरी देउराली ६ बोक्से काभ्रेमा जन्मेका चूडाप्रसाद चौलागाई ४५ वर्षसम्म शिक्षण कार्यमा लागेर निवृत शिक्षक हुन्। उनी प्रभा बहुमुखी क्याम्पस काभ्रेका क्याम्पस प्रमुख पनि थिए। उनको यसअघि पनि विभिन्न पुस्तकहरु सार्वजनिक भइसकेका छन्।

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि डा.केसी, लेखक चूडाप्रसाद चौलागाई, प्रकाशक अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी,सचिव टीका श्रेष्ठ, पदम दाहाल, डा.रवीन्द्र गिरी,डा.महेन्द्र सापकोटा,डा.ङेमा लामालगायतले साहित्यका विबिध पक्षबारे चर्चा गरेका थिए। कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो। 

Skip This
Skip This
Logo