भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए।

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन्। उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए। 

निःशुल्क उपचारका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ। घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ । 

Skip This
Skip This
Logo