साताको पहिलाे काराेवार दिन आज सुनको मूल्य स्थिर

साताको पहिलाे काराेवार दिन आज सुनको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा साताको पहिलाे काराेवार दिन आज सुनको मूल्य स्थिर रहेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १५ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा नै काराेवार भइरहेकाे छ। 

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार  ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।  त्यसैगरी चाँदीको मूल्य भने २५ रुपैयाँले बढेकाे छ। शुक्रबार  १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी तोलामा आज  १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

Skip This
Skip This
Logo