तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु

तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु गरेको छ । 

आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो । चाँदीको सिक्का १० ग्राम र २५ ग्राम र सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको छ ।  चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित छ। सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य भने हरेक दिन परिमार्जन हुनेछ ।

Skip This
Skip This
Logo