भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाको अपिल

भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाको अपिल

केन्द्रबिन्दु
0
Shares

भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेकाे हाे। 

'जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली जनसम्पर्क समिति अमेरिका गहिरो दुःख व्यक्त गर्दछ। दैवी विपत्तिमा परी ज्यान गुमाउनु हुने दिवंगत नेपाली दाजुभाइ तथा दिदीबहिनीको आत्माको चिर शान्तिको कामना गर्दै  समिति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ,'उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले भूकम्पमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै राहत,उद्धार र पुनर्स्थापनामा सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका छन्। 'देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई यस दैवी विपत्तिको बेला एकापसमा हातेमालो गर्दै यथाशक्य राहत सहयोगका लागि अपिल गर्दछौँ। आउनुहोस् यो प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल राहत, उद्धार एवं पुनर्स्थापनाका लागि मानवीय धर्ममा जुटौँ,' जारी विज्ञप्तिमा भनिएको छ

 

Skip This
Skip This
Logo