सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा आउँदै

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा आउँदै

केन्द्रबिन्दु
0
Shares

भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ। 

चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नेछ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन्। चिनियाँ राजदूत छन् सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन्।

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएकाे छ। चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ।

Logo