‘आरती साहकाे परिवारले १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्य’ -प्रभु साह

‘आरती साहकाे परिवारले १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्य’ -प्रभु साह

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरती साह पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाएका छन् । 

आज दिउँसो काठमाडौंको माइतीघरमा आरती साहपीडित परिवारको जारी धर्नामा सहभागी भई अध्यक्ष साहले न्यायको लागि ऐक्यवद्धता जनाएका हुन् । उनले राज्यबाट पीडितलाई न्याय दिलाउन बेवास्ता भएकोमा खेद प्रकट गर्दै काठमाडौं जस्तो केन्द्रमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय भएको बताए । 

उनले भने, ‘नेपालमा लोकतन्त्र छ, गणतन्त्र छ । यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । राज्यबाट जसरी बेवास्ता भएको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु । र आरती साहको परिवारको मागमा ऐक्यवद्धता जनाउन चाहन्छु ।’

उनले गाउँबाट न्याय माग्दै आउँदा सरकार संवेदनाहीन बनेको भन्दै पीडितलाई चाँडो न्याय दिलाउन माग गरे । 

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको दाइजोका कारण परिवारबाटै हत्या भएको माइती पक्षको दाबी छ ।

Skip This
Skip This
Logo