धरानमा विमानस्थल निर्माणको सम्भावना खोज्न मन्त्री किरातीको निर्देशन

धरानमा विमानस्थल निर्माणको सम्भावना खोज्न मन्त्री किरातीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न समिति बनाउन निर्देशन दिएका छन्। 

धरानमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्ने समिति गठनको लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मनत्री राईले निर्देशन दिएको सामाजिक सञ्जालमा लेखेका छन्। 

‘‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति  तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छु’’,मन्त्री किरातीले लेखेका छन्।  हिजो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा विमानस्थल बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए। 
 

Skip This
Skip This
Logo