महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन्। गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन्।
घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन्। सम्पर्कमा आएपनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ। ‘उनीहरु घर फर्कन चाहेका छैनन्, हामी मेयरका घरमा जान्छौँ भनेका छन्, किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने।’
घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन। प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए। आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ।































प्रतिक्रिया