सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्धा आज घिमिरेको इजलासमा ‍पाँचौं नम्बरमा पेशी तोकिएको हाे ।

सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौँ अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन। यसअघि असोज महिनामा तीनपटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो। 

Logo