रास्वपाले मंसिर ११ देखि जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने

रास्वपाले मंसिर ११ देखि जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाको बारेमा छलफल हुने साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने पनि जानकारी दिए । 

उनले भने, ‘मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिने छ । त्यो बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनेछ । बैठकमा सभापतिको राजनीतिक प्रतिवेदन पनि पेस हुने छ ।’

मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विमर्श गरिने जनाइएको छ ।

Skip This
Skip This
Logo