देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको छः प्रधानमन्त्री प्रचण्ड

देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित नीमा स्मृति प्रतिष्ठानको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भइरहे पनि अझै आर्थिक दबावमा रहेको भन्दै प्रधानमन्त्रीले यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने,‘अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक हुन गएता पनि हामी अझै आर्थिक दबावमा छौँ। यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ। भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अगाडि बढिरहेको छ।’

प्रधानमन्त्री प्रचण्डले सुशाासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको बताए। देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने उनको भनाई छ। 

उनले भने,‘सुशाासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको सन्दर्भमा विद्यमान चुतौतीहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ।’

Logo