गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा

गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा

केन्द्रबिन्दु
0
Shares

गोरखाको लोक्पा गाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन्। गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधवार देखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो। 

लोक्पा गाउँ नजिकै गत बर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थालेपछि जमिन समेत चिरा परेर घरहरु जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए।

पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पदमार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पीक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङ्गले बताए। 

उनले भने,‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिडाउन समेत कठिनाई भएको छ। पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै १०-११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षति पुगेको छ।’ 

बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दिर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकार संग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ। गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ।

Skip This
Skip This
Logo