अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन पोभा फाइभ र क्यामन २० नेपाली बजारमा पनि उपलब्ध भएका छन्।
टेक्नाे मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली उपभोक्ताको आवश्यकता र रोजाईलाई मध्यनजर राख्दै नेपाली बजारमा भित्र्याएको हाे।
पाेभा मोबाइल सिरिजअन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा फाइभ विशेषगरी मोबाइल गेमिङ्गमा रुची राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनी विश्वस्त छ । ८+८ जीबीको र्याम, १२८ जिबिको इन्टर्नल स्टोरेज र ४५ वाटकाे चार्जरसहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ।
६००० एमएएचको ब्याट्रीका साथ आउने पाेभा फाइभ ६.७८ इन्च एफएचडी प्लस डट इन डिस्प्लेमा उपलब्ध छ। यसमा जडित 'भ्यापर च्याम्बर' ले फोन नतात्ने र ६एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। ५० मेगा पिक्सेलको एचडी डुअल रेअर क्यामेरा पोभा फाइभ मोबाइलको अर्को आकर्षक फिचर हो ।
त्यसैगरी फोटो या भिडियोग्राफीमा रुची राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, क्यामन २० मोबाइल । ६४ मेगा पिक्सेलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा क्यामन २० आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध छ।
६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटकाे चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। क्यामन २० को ५००० एमएएचको ब्याट्री र ८+८ जीबी र्यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ ।
नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरुका लागि टेक्नाेका यी दुई सहि र उचित रोजाई बन्नेछ।































प्रतिक्रिया