जोमसोम जाँदै गरेका जर्मन नागरिकको भीरबाट खसेर मृत्यु

जोमसोम जाँदै गरेका जर्मन नागरिकको भीरबाट खसेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको जोमसोम जाँदै गरेका एक जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको हो।

भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।

चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राइडर बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा गएकाे म्याग्दीका प्रहरीकाे भनाई छ। जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडरहरु शुक्रबार बेनी अस्पताल पुगेका थिए ।

Skip This
Skip This
Logo