गठबन्धनले देश बनाउने भन्दा बिगार्ने काम धेरै गरेको छः नेता बास्कोटा

गठबन्धनले देश बनाउने भन्दा बिगार्ने काम धेरै गरेको छः नेता बास्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनले देश बनाउने भन्दा बिगार्ने काम गरेको आरोप लगाएका छन् । 

शुक्रबार एमाले चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता बास्कोटाले यस्तो आरोप लगाएका हुन् । दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन नभई एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन भएको भन्दै देश बनाउने होइन देश बिगार्ने काम गरेको उनले बताए । 

उनले भने, ‘यो देश बनाउने गठबन्धन होइन । देश बिगार्ने गठबन्धन हो । दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन होइन । एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन हो । प्रदेशमा गठबन्धन गर्ने सरकार दिनदिनै मुख्यमन्त्री जन्माउने गर्छ । प्रधानमन्त्री पनि काफी जन्माउँछ । अब अर्कोले मेरो पालो आयो भन्छ अनि सत्ता संकट बढ्छ । यो देश सम्हाल्ने तागत हामीसँग मात्रै छ ।’

नेता बास्कोटाले नयाँ पार्टी भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको भन्दै नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको टिप्पणी गरे । उनले भने, ‘नयाँसँग पनि केही छैन । देखिसक्या छ, थाह ाभइसक्यो नि । पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भएजस्तो । केही मतलबको कुरा छैन । देश निर्माणका लागि जनता सबैभन्दा महत्वपूर्ण हुन् ।’

नेता बास्कोटाले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन असम्भव रहेको पनि बताए । 

Skip This
Skip This
Logo