भक्तपुरमा शुक्रबार म्हःपूजा गर्नुका साथै देउसी भैलो पनि खेलाइएको छ। जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसी भैलो खेलेका थिए।
स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो। त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए।बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए।
पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरु गरेका थिए। विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए।
उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाड विद्यार्थीलाई आफैं गर्न लगाइ सिकाउने जनाए। उता सोही स्कुलका कक्षा ४ का विद्यार्थीले भने देउसीभैलोको आयोजना गरेका थिए। कार्यक्रममा स्कुलका विद्यार्थी सहभागी थिए।































प्रतिक्रिया