भक्तपुरका कुम्भकार भन्छन्- माटो अभावमा पेशा धान्नै मुस्किल भयो, तिहारमा पनि व्यापार राम्रो भएन [भिडियाेसहित]

भक्तपुरका कुम्भकार भन्छन्- माटो अभावमा पेशा धान्नै मुस्किल भयो, तिहारमा पनि व्यापार राम्रो भएन [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

भक्तपुर नगरपालिका–४ पोर्टरी स्क्वायरका प्रजापति समुदाय यतिबेला तिहारका लागि माटाका पाला तयार पारेर बजार पठाउन व्यस्त छन् । तिहार आउन एक महिना अगाडि देखिको चटारो तिहार नजिकिएसँगै अलि कम भएको छ । अहिले उनीहरु पालालाई तयार बनाएर बजार पठाउने, बजार पुगिसकेका पालाको आर्थिक लेखाजाखा गर्ने लगायतका काममा व्यस्त छन् । केही भने बाँकी रहेका साना/ठूला पाला बनाउन लागिपरेका छन् । 

तिहारमा लक्ष्मी पुजाका साथै अन्य समयमा माटोका पालामा बत्ती बाल्ने प्रचलन छ । त्यसैले यो समय वर्षाैदेखि माटाका भाँडा बनाउने पेशालाई मुख्य आयस्रोत बनाएका प्रजापति समुदायका लागि तिहार राम्रो आम्दानी गर्ने समय हो । उनीहरु यसै पेशालाई आधार बनाएर परिवार पाल्दै आएका छन् । तर पछिल्लो समय कच्चा प्रदार्थ अर्थात माटोको अभावमा उनीहरुको पेशा संकटमा पुग्ने स्थितिमा पुगेको छ।एकातिर बजारमा विद्युतीय बत्तीहरुको बढ्दो प्रयोगले व्यापार घाटा झेलिरहेका प्रजापति समुदाय माटो अभावमा थप समस्या झेल्न बाध्य छन् ।

Logo