उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल

केन्द्रबिन्दु
0
Shares

उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ । 

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् । 

“सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ”, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भने, “अहिलेसम्म सबैजना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।”

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ । “हामीले फसेका कामदारहरूलाई केही चिप्स र पानी दिएका छौँ, उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ”, टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भने, “उद्धार कार्य जारी छ, आज साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ, सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।”

शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो । -एएनआई

Skip This
Skip This
Logo