राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सभापति लामिछानेले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने बताएका हुन् । टिकटकका कयौं युजर र कन्टेन्ट खराब रहेपनि सबै नरहेको उनले बताएका छन् ।
‘सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? ’ उनले भनेका छन् ।
सभापति लामिछानेले सरकारको निर्णयको सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुले विरोध गरेको भन्दै यो निर्णय माओवादी केन्द्रको मात्रै हो भन्दै प्रश्न पनि गरेका छन् ।
यस्तो छ उनको स्टाटस-
सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?





























प्रतिक्रिया