आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक २८ गते मंगलबार। १४ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन्।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तको सहयोग प्राप्त हुनेछ। व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। अधुरा कार्यहरू पुरा हुनसक्छन्।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन्। रोकिएको धन हात पर्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैसा खर्च हुने योग छ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। नयाँ तथा शुभ समाचार सुन्न पाइएला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
चिताएको कामले तीव्रता लिनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। शुभ समाचार पनि सुन्नमा आउला।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
मानसिक चिन्ता बढ्न सक्छ। गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। सोचेका काम पूरा हुनेछन्।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज स्वादिष्ट भोजन पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ।

Skip This
Skip This
Logo