टिकटक बन्दबारे रास्वपासँग कुनै सहमति भएको छैन, प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्छः रवि लामिछाने

टिकटक बन्दबारे रास्वपासँग कुनै सहमति भएको छैन, प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द गर्ने सरकारको निर्णयमा आफूहरुको सहमति नभएको बताएका छन् । 

मंगलबार नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथिको प्रतिबन्ध निर्णय सबै दलको सहमतिमा गरिएको दाबी गरेका थिए । तर, सोही कार्यक्रममा सहभागी भएका सभापति लामिछानेले आफू र आफू आबद्ध पार्टीसँग टिकटक बन्दबारे सरकारसँग औपचारिक/अनौपचारिक कुनै छलफल नभएको बताउँदै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । 

‘प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा  गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन। प्रधानमन्त्री ज्युले यो गलत  अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।’ उनले कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत भनेका छन् । 

सोमबार सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सभापति लामिछानेले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने भन्दै विरोध पनि गरेका थिए । 

टिकटकमाथिको प्रतिबन्धबारे प्रधानमन्त्रीको प्रष्टोक्ति- ‘सामाजिक सद्भावका लागि सामूहिक निर्णय’

Skip This
Skip This
Logo