प्रधानमन्त्रीलाई गगनको प्रश्न- टिकटकबारे कांग्रेससँग कहाँ र कहिले भयाे छलफल ?

प्रधानमन्त्रीलाई गगनको प्रश्न- टिकटकबारे कांग्रेससँग कहाँ र कहिले भयाे छलफल ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएकाेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

मंगलबार नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले टिकटकमाथिको प्रतिबन्ध निर्णय सबै दलको सहमतिमा गरिएको दाबी गरेका थिए । त्यसपछि महामन्त्री थापाले कांग्रेससँग सरकारले कहाँ र कहिले छलफल गर्यो भनेर प्रश्न उठाएका हुन् । 

‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्‍यो सहमति?’ उनले भनेका छन् । 

साथै उनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूको क्लबको बन्द कोठामा बसेको बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्न र नठान्न पनि चेतावनी दिएका छन् । 

यस्तो छ उनको स्टाटस-

प्रधानमन्त्रीले भन्नुभएछ- 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।' प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्‍यो सहमति? 
१)प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्।
यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।
अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन। 
२)यहीँ प्रसङ्गमा कति साथीहरूले, 'सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ?' भन्ने कुरा उठाउनु भएको छ।
त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं,आज पनि र भोली पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुंदा गलत भन्ने हुंदैन।
बरु,सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो।
३)जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं।
हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।
Wrong is Wrong.

Logo