आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक २९ गते बुधबार। १५ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला,तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज मनमा शान्तिको अनुभूति हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। कलासाहित्य तथा सङ्गीतमा मन जानेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कार्यमा मन जानेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइन सक्छ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ। सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आदर्श व्यक्तिसँग भेटघाट हुनेछ। मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ। शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज शुभ समाचार सुन्न पाइएला। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज अनावश्यक ठाउँमा धन खर्च होला। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग पनि छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। बहुमूल्य वस्तु हात पर्नसक्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
रमणीय र सुखद् यात्राको योग छ। प्रभावकारी बोलीले कार्य सफल हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

Skip This
Skip This
Logo