प्रधानमन्त्री प्रचण्ड आज तनहुँ जाँदै

प्रधानमन्त्री प्रचण्ड आज तनहुँ जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनीमा जाँदैछन्। आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न प्रचण्ड आज तनहुँ जान लागेका हुन्। 

बिहान ११ बजे अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। प्रधानमन्त्रीले तनहुँको आवुँखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटन पछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका  कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo