युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले मोरङको उर्लाबारीमा भएको आगलागीमा परि घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार किर्तिपुरस्थित वर्न रेन्टरमा पुगेर खेलकदमन्त्री लिम्बुले घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । निरीक्षणपछि संचारकर्मीसँग उनले बिरामीहरुको उपचारमा सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
उनले भने,‘जहाँसम्म उपचारको कुरा छ । सरकारले केहि कमी कमजोरी नगरी सबैको जिवन रक्षाको निम्ति जति प्रयास गर्नुपर्छ सरकारले गर्छ । विश्वास दिलाउन चाहान्छु सबै सकुशल फर्किने छन् ।’
बिरामी निको भएर फर्केर आईसकेपछि दिर्घकालीन असर पुगेको कुरामा पनि सोच्ने भन्दै उनले भने, ‘दिर्घकालीन रुपमा के गर्ने भन्ने कुरामा बिरामी निको भएर फर्केर आईसकेपछि के गर्ने भन्ने कुरामा छलफल गर्ने छौं । बिरामीको उपचारमा हाम्रो पहिलो ध्यान जाने छ ।’































प्रतिक्रिया