सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे ‘जीवन बीमा’ योजना सुरु

सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे ‘जीवन बीमा’ योजना सुरु

केन्द्रबिन्दु
0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा’ योजना सुरु गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सले नयाँ जीवन बीमा उद्घाटन गरेकाे हो । 

कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संसारभर नै बिमालाई हेर्ने दृष्टिकाेण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे । 

उनले भने, ‘यो प्रदेशका सरकारहरुसँग गएर बिमाको बारेमा सबैलाई अवगत गराउन आवश्यक छ किनकी सबै भन्दा समस्या नै के देखिन्छ भने मैले नेपालको मात्र कुरा गरेको होईन संसारभरी नै सबैभन्दा ठूलो समस्या के छ भने । जसरी संसारभरका सरकारले नै  बैंक र अन्य आर्थिक क्षेत्रलाई बुझ्छ । त्यो बुझाई बीमाको बारे कुनै पनि सरकारको छैन् ।’

बैंकले रकम रक्षा गर्ने र बीमाले जिवनको रक्षा गर्ने हुँदा बैक र बीमामा ठूलो अन्तर रहेको अध्यक्ष सिलवालको भनाई छ । 

कम्पनी र प्राधिकरणले नै बिमाको राम्रोसँग प्रचार नगरेको उनको गुनासो छ । ‘अब संसारको हामीले हेर्नुपर्ने पाटो के हो भने, हामीले बुझाउन खोजेको कुरा के भने बैंक र बीमामा एकदमै ठूलो मूलभुत फरक छ ।’ उनले भने, ‘बैंकले तपाईको रकम जम्मा गरिरहेको हुन्छ । यसले तपाईको जिवनको रक्षा गरिरहेको हुन्छ।  तर त्यो कुराको प्रचार कम्पनीले र प्राधिकरणले नै राम्रो सँग गरेको छैन ।’

Skip This
Skip This
Logo