इजरायली सेना गाजाको अस्पतालमा छिरेपछि टर्कीका राष्ट्रपति आक्रोशित

इजरायली सेना गाजाको अस्पतालमा छिरेपछि टर्कीका राष्ट्रपति आक्रोशित

केन्द्रबिन्दु
0
Shares

गाजाको अस्पतालमा इजरायली सेनाको हस्तक्षेपप्रति टर्की आक्रोशित भएको छ । 

इजरायली हमलाको सम्बन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले जसरी सर्वसाधारणलाई निशाना बनाउँदै छ, त्यो सबै ‘तोराह’मा लेखिएको छैन भन्ने कुरा जान्नुपर्ने बताएका छन्। 

तोराह यहूदी धर्ममा मानिने हिब्रू बाइबलको पहिलो पाँच पुस्तकहरूको संकलन हो। यहूदीहरू बाहेक यो पुस्तक इसाईहरूले पनि मान्छन्, यद्यपि तोराह इस्लामको धार्मिक पुस्तक कुरानमा पनि उल्लेख गरिएको छ। राष्ट्रपति एर्दोगानले भने, ‘प्रार्थनामा आक्रमण गरियो, गिर्जाघरलाई निशाना बनाइयो तर अस्पतालमा गोली हानेर, बालबालिकालाई मार्ने कुरा तोराहमा सिकाइएको छैन। तपाईं (इजरायल) यो गर्न सक्नुहुन्न।’ 

इजरायली सेना अल शिफा अस्पतालमा प्रवेश गरेको र अस्पतालमा हमासको मुख्यालय फेला पारेको दाबी गरिरहेको बेला राष्ट्रपति एर्दोगानको यो बयान आएको हो ।

Skip This
Skip This
Logo