डिन नियुक्तिमा वरिष्ठता मिचिएको प्रति डा.गोविन्द केसीको आपत्ति

डिन नियुक्तिमा वरिष्ठता मिचिएको प्रति डा.गोविन्द केसीको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा संस्थानको डिन नियुक्तिमा वरिष्ठता मिचिएकोमा डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै डा. केसीले डिनको नियुक्तिमा वरिष्ठता मिचिनु दुर्भाग्य भएको प्रतिक्रिया जनाउँदै यो सबैको जड प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

आईओएमको डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्छ भनेर पटक पटक आफू अनशन बसेको तर बिहीबार वरिष्ठताको अन्तिममा रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक डा.दिव्यासिंह शाह नियुक्त भएपछि दुर्भाग्य भएको डा.केसीले टिप्पणी गरेका छन् । ‘लामो संघर्ष गरेर वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नु पर्छ भन्ने आफ्नो मागलाई बेवास्ता गर्दै थिती बिगार्नु दुर्भाग्य भएको केसीको भनाइ छ । आईओएमको डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्छ भनेर आफ्नो अभियानमा साथ दिर्दै आएकी डा.सिंहले आफै वरिष्ठतालाई पन्छाएर नियुक्ति खाएको प्रति डा केसीले आश्चर्य लागेको बताएका छन् ।

डा. सिंह भ्रष्टाचार नगर्ने र योग्य भएपनि वरिष्ठताका आधारमा नियुक्तिको लागि अहिले तयार नहुनु पर्ने डा. केसीको भनाइ छ । डा.सिंह डिन हुँदा व्यक्तिगत रुपमा खुसी लागे पनि वरिष्ठताका आधारमा नियुक्ती हुनु पर्ने अभियानमा पहिले साथ दिने र अहिले आफै नियम मिच्नु दुर्भाग्य रहेको डा. केसीको भनाइ छ । यस्तो बेथितिको जड केपी शर्मा ओली भएको भन्दै डा. केसीले अब उनीविरुद्ध लड्ने चेतावनी दिएका छन् ।

वरिष्ठता मिचिँदा अहिले नै पार्टी कार्यकर्ताहरु आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेको भन्दै केसीले ती मध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेको पनि आरोप लगएका छन् । यस्तो अभ्यासले संस्थान झनै धराशायी हुने निश्चित रहेको भन्दै डा.केसीले आधारविना भएका नियुक्ति सच्याउन माग समेत गरेका छन् । सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुमा व्याप्त राजनीतिकरण र दलीय भागवण्डा रोक्नका लागि लामो समयबाट संघर्ष गर्दै आएका केसीले हालै भएको नियुक्ति नसच्याइए त्यसका लागि आफू ओली–प्रचण्ड मनपरीतन्त्रविरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

डा.केसीले यस अघि सीमाक्षेत्रका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै जेठ २० र २१ गते (दुई दिन) दार्चुला सदरमुकाम खलंगामा ३ बुँदे माग अघि सार्दै १८ औं सत्याग्रहमा बसेका थिए ।

Skip This
Skip This
Logo