काठमाडौँको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ।
अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै हिजो सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेजका साथै नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग गरिएको छ ।































प्रतिक्रिया