सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो आज ?

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
पछिल्लो समय निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि १० रुपैंयाँले वृद्धि भएर ९ सय ४० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Skip This
Skip This
Logo