गाजाबाट १०३ रूसी नागरिकको उद्धार

गाजाबाट १०३ रूसी नागरिकको उद्धार

केन्द्रबिन्दु
0
Shares

युद्धग्रस्त गाजाबाट उद्धार गरी १०३ रुसी नागरिकलाई स्वदेश फर्काइएको छ। गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।

रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड विमान ल्युसिन ७६  मार्फत  घर फर्केका छन्। पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ। 

Logo