पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाँदै

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन्। बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा शाह झापा जानलागेका हुन्।

पूर्वराजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसातादेखि झापामै छन्। अध्यक्ष लिङदेन पूर्वराजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपा झापाबाट थाहा भएको छ।

पूर्वराजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ। भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल  र्‍याली गरिने भएको छ। पूर्वराजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ।

पूर्वराजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्नेछन्। मंसिर ६ गते नै झापा जाने कार्यक्रम भएपनि अस्पताल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो प्रदर्शकको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो।
 

Skip This
Skip This
Logo