किन बन्द गरिन् अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटर एकाउन्ट ?

किन बन्द गरिन् अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटर एकाउन्ट ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् । नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राममार्फत् बताएकी छिन् । यसका साथै उनले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट पनि बन्द गरेकी छिन् ।

केही दिन अघि निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेका थिए ।

अभिनेता सुशान्त सिंह राजपूतको केहि दिन अघि निधन भएको थियो । उनले आत्महत्या गरेका थिए । उनको निधनपछि बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलाकारविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध हुँदै आएको छ ।

Logo