सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डको चौथो संस्करणमा बेस्ट स्ट्राजेजिस् फर इन्स्योरेन्स स्प्रडिङ अवार्ड जितेको छ।
नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु-याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखि यो अवार्ड दिँदै आएको छ ।
महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो ।































प्रतिक्रिया