आज रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस : पर्चा बेचेर चुनाव जित्ने विश्वकै पहिलो नेता (भिडियोसहित)

आज रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस : पर्चा बेचेर चुनाव जित्ने विश्वकै पहिलो नेता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

थाहा अर्थात् मान्छेमा चेतना जनाउने अभियान । हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई रुदाने भनेर चिनाउँथे ।

उनै रुदानेले थालेका हुन् निष्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलन । उनको जन्म वि.स. १९९० पौष २६ गते बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट मकवानपुरको दामनमा भएको हो । सम्भ्रान्त परिवारमा जन्मेका उनी दार्शनिक नेता थिए । राष्ट्रिय पञ्चायतका सदस्य समेत बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्दथे ।

जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन बिताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताएका थिए । उनी भन्ने गर्दथे, “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी । यि र यस्ता थुप्रै महावाणीहरु छन् उनका जसले अचेलको राजनीति र नयाँ पुस्तालाई सोचमग्न बनाएको छ ।

रुदानेको २०५६ साल असार ७ गते निधन भएको थियो । उनै जनमुखी नेता रुदानेको आज २२ औं स्मृति दिवस हो ।  उनको जन्मथलोमा कार्यरत  फरक सोचका अभियन्ताहरुले आजको दिनलाई थाहा दिवसको रुपमा मनाउँदै आएको छ । हेरौं भिडियोमा :

https://youtu.be/A8D8-rbpI7o

 

Logo