बलिउड अभिनेता रणदीप हुड्डा पछिल्लो केही दिनयता आफ्नो विवाहको खबरका कारण चर्चामा छन्। तर अब अभिनेताले अन्ततः आफ्ना फ्यानहरूलाई खुसीको खबर साझा गरेका छन्।
हो, रणदीप हुड्डाले सामाजिक सञ्जालमा प्रेमिका लिन लैशरामसँग आफ्नो विवाहको घोषणा गरेका छन्। इन्स्टाग्राममा विवाहको कार्ड सेयर गर्दै रणदीपले विवाहको मिति र स्थानबारे जानकारी दिएका छन्।
अभिनेता रणदीप हुड्डाले आफ्नो आधिकारिक इन्स्टाग्राम विवाहको विवरण प्रशंसकहरूसँग साझा गरेका छन्। ‘आफ्नो पोस्टमा महाभारतलाई जोड्दै रणदीपले अर्जुनले मणिपुरकी योद्धा राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए भने हामी पनि परिवार र साथीभाइको शुभकामनाका साथ विवाह गर्न गइरहेका छौँ। हामी यो साझा गर्न पाउँदा खुसी छौँ कि हाम्रो विवाह २९ नोभेम्बर २०२३ मा इम्फाल, मणिपुरमा हुँदैछ। रिसेप्शन मुम्बईमा हुनेछ। हामी नयाँ यात्राको थालनी गर्न जाँदैछौँ, हामी संस्कृतिहरूको मिलनका लागि तपाईंको आशीर्वाद र माया चाहन्छौँ, जसको लागि हामी सधैं ऋणी र आभारी रहनेछौं।’
रणदीप हुड्डाको विवाहको विवरण सेयर गरेपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका खबर भाइरल हुन थालेका छन्।हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार रणदीप हुड्डा र लिन लैशरामको विवाहको विषय पौराणिक कथामा आधारित हुनेछ। विवाह पछि, जोडीले मुम्बईमा भव्य रिसेप्शन दिनेछ, जहाँ सबै बलिउड सेलिब्रेटीहरू उपस्थित हुनेछन्।
रणदीप हुड्डाकी भावी पत्नी लिन लैशराम अभिनेताभन्दा करिब १० वर्ष कान्छी छिन्। रणदीप हुड्डा ४७ वर्षका छन् भने लिन लैशराम ३७ वर्षकी छिन्। अभिनेत्री हुनुका साथै लिन लैशराम मोडलिङमा पनि निकै सक्रिय छिन्।































प्रतिक्रिया