सरकार दण्डहीनतालाई प्रयोग गरेर बाँचिरहेको छः वरिष्ठ अधिवक्ता श्रेष्ठ

सरकार दण्डहीनतालाई प्रयोग गरेर बाँचिरहेको छः वरिष्ठ अधिवक्ता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ अधिवक्ता ध्रुबलाल श्रेष्ठले वर्तमान सरकार दण्डहीनतालाई प्रयोग गरेर बाँचिरहेको टिप्पणी गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘नागरिक आवाज’ पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले सरकारको नेतृत्वमा रहेका नेताहरु नेता हुन लायकको नरहेको भन्दै सरकार दण्डहीनतालाई प्रयोग गरेर बाँचिरहेको बताएका हुन् । 

उनले भने, ‘यसको सुररुवात राजनीतिक क्षेत्रबाट नै हुन्छ । कसैलाई नेताहरु भन्न लायकको हामी देख्दैनौं । हामीले दाई भन्यौं, नेता भन्यौं नेतृत्व तहमा पुर्यायौं । अहिले उहाँहरु सरकारको  नेतृत्वमा हुनुहुन्छ तर नेता हुन लायकको हुनुहुन्न । उहाँहरुको कुण्डली हेर्ने हो भने कुनै न कुनै मुद्दा लाग्ने अवस्था छ । तर त्यस्तो हुन्न किनकी उहाँहरुले दण्डहीनतालाई प्रयोग गरिरहनुभएको छ । सरकार दण्डहीनताबाट बाँचिरहेको छ ।’

सरकार आफैं सरकार जस्तो नरहेको र जुन प्रणालीमा सरकार चलेको छ भनिएको छ त्यो प्रणालीमा सरकार अटाउन नसकेको उनको भनाई छ । ‘सरकार आफैं सरकार जस्तो छैन । जुन प्रणालीमा सरकार चलेको छ भनिएको छ, त्यो प्रणालीमा सरकार अटाउन नसकेको वा उसैको व्यवहारले त्यो प्रणाली लरबराउने हो भन्ने अवस्था छ’ उनले भने ।

राजनीति सबैभन्दा सर्वोत्कृष्ट नीति भएता पनि संवैधानिक निकायमा बस्ने मानिसहरुबाट आफ्नो जिम्मेवारी निर्वाह नभएको उनको भनाई छ । 

Skip This
Skip This
Logo