काठमाडौं । भारत र चीनबीच केही समयदेखि देखिएको सीमा विवादमा शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा नेपाली पक्षले जोड दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई छिमेकी मुलुकले दुईपक्षीय रुपमा समाधान खोज्नुपर्नेमा जोड दिएको हो ।
‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ । क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियो रुपमा उभिएको छ’–परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘गलवान उपत्यका क्षेत्रमा हाम्रा दुई छिमेकी मुलुकबीच भइरहेको पछिल्लो विकासबारे नेपाल विश्वस्त छ कि दुई छिमेकी देशले असल छिमेकीको भावनाले आपसी भिन्नतालाई शान्तिपूर्ण ढंगले दुई पक्षीय रुपमा समाधान गर्नेछन् र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरता स्थापित गर्नेछन् ।’
केही समय अगाडि चीन र भारतीय सीमा नजिक रहेको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने चिनियाँ पक्षको क्षतिको विवरण अझै सार्वजनिक हुन सकेको छैन ।































प्रतिक्रिया