शिक्षाविद् अंगुरबाबा जोशीको निधन

शिक्षाविद् अंगुरबाबा जोशीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
शिक्षाविद् अंगुरबाबा जोशीको आज निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

१७ वर्ष अघि देखि घाँटीको क्यान्सरबाट पीडित जोशीको आज बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी स्तन क्यान्सरबाट पनि पीडित थिइन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन् । उनको शिक्षा क्षेत्रमा अतुलनिय योगदान छ ।

वि.सं. २०१९ मा बेलायतबाट फर्किएपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएर पनि काम गरेकी थिइन् ।

Logo