सिजी मोटर्सले तीन स्थानहरूमा नयाँ शोरुम खोलेको छ । बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुमका साथै ग्राहकहरूको सुविधाका लागि तीनै वटा स्थानहरूमा सर्भिस स्टेशन पनि छिटै नै सञ्चालनमा आउने कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । सिजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरूमाझ लोकप्रिय रहेको छ ।
मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरू तथा ३८० किमीको रेन्जले गर्दा नेटा भी ग्राहकहरूको पहिलो रोजाइको रूपमा स्थापित भएको छ । १७० मि मि को ग्राउन्ड किलिरेनश भएको नेटा भि मा ८ वर्ष अथवा १५०००० हजार कि मि को वारेन्टी रहेको छ । नेपालको सर्वाधिक बिक्री हुने इे भि भ्यान सिजी केवाइसी तथा किङ्लोङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री वितरण गर्दै आइरहेको छ।
कम्पनीले चाँडै नै विराटनगर, लहान, हेटौँडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुर मा विस्तारित नयाँ शोरुम सहित सर्भिसको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।































प्रतिक्रिया