शरिरभरि बेसार दलेका युवाहरुद्वारा सरकारविरुद्ध प्रर्दशन

शरिरभरि बेसार दलेका युवाहरुद्वारा सरकारविरुद्ध प्रर्दशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज शरिरभरि बेसार दलेका युवाहरुले राजधानीको शहीदगेटमा सरकारविरुद्ध सडकमै सुतेर विरोध गरेका छन् । बिहानै राष्ट्रिय झण्डासहित विरोधमा उत्रिएका उनीहरुले सडकमा सुतेरै विरोध जनाएका हुन् ।

विहिबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार खाएपछि कोरोना भाग्छ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस यता सामाजिक संजालमा उनको अभिव्यक्तिको चर्को आलोचना र व्यंग्य हुँदै आएको छ ।

देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पनि प्रधानमन्त्रीले हल्का रुपमा लिएको र अपरिपक्व अभिव्यक्ति दिएको भन्दै आक्रान्त बनेका युवाहरुले आज शरिरमा बेसार दलेरै सडकमा प्रर्दशन गरेका हुन् ।

Skip This
Skip This
Logo