झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुराबाटै काँग्रेस सभापति शेरबहादुर देउवासँग फोनवार्ता गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत फोनवार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेल्धुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन्।
सो क्रममा ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए। सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छन्।































प्रतिक्रिया