अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय राजधानी काठमाडौँ वरपरका नुवाकोटसहितका जिल्लाको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
शनिबार पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो। नजिक भएर पनि पछाडि परेको हो। टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो, त्यहाँका अगुवाहरूले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए। तर काठमाडौँ वरिपरीकाको आम्दानीको मूल स्रोत जग्गाजमिन थियो।’
पहिले काठमाडौँमा राणाहरूको नजिक रहेकाहरू र राणालाई रिझाउनेहरूले चाकरी गरेबापत पुरस्कारका रुपमा जमिन माग्ने गरेको भन्दै उनले उब्जनी सहजै काठमाडौँ पुर्याउन सक्ने ठाउँको जमिन उनीहरूले पाउने गरेको इतिहास रहेको बताए।
नुवाकोटमा काठमाडौँसँग जोडिएको उब्जाउ रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भएको बताए ।































प्रतिक्रिया