काठमाडौं । यथास्थितीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गराउने पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नभएको प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले बताएका छन् । बुधबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै सांसद लिङ्देनले यथास्थितीमा एमसीसी पारित गर्न नसकिने बताएका हुन् । राप्रपा राष्ट्रको हित विपरित सम्झौता कार्यान्वयन गराउने पक्षमा नभएको उनको भनाइ छ । अहिले देशमा एमसीसीमा अनावश्यक हो हल्ला गरिएको तर वास्विकता जनताले जान्न नपाएको उनले बताए । एमसीसी सम्झौतामा भएका बुंदा बुंदामा व्यापक छलफल गरी मात्र एमसीसीको पक्षमा राप्रपाले वकालत गर्ने उनको भनाइ छ ।
त्यस्तै गत शनिबारको प्रतिनिधि सभाको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्र फिर्ता ल्याउन्छ भन्नु छिमेकी मुलुकलाई सहयोग गरेको ठहर्ने उनको भनाइ छ । नेपाली राजाले तत्कालीन भारतीय प्रधानमन्त्री जवारलाल नेहरुलाई नेपाली भूमि प्रयोग गर्न दिएको भए अहिले सो भूमि नेपाली हो भन्ने सबैभन्दा बलियो प्रमाण हुने उनको दाबी छ । वर्तमान संविधानमा राप्रपाको ठूलो असहमति भए पनि राष्ट्रभन्दा पार्टी र सिद्धान्त नहुने भन्दै संविधान संशोधनका पक्षमा मतदान गरेको उनले बताए ।
त्यस्तैगरी सांसद लिङ्देनले अहिलेको दुई तिहाइको नजिकको समर्थनमा बनेको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । देशमा दुई जना संक्रमित पुष्टि हुँदा लकडाउन गरिएपनि अहिले तीव्र गतिमा संक्रमण देखिनु सरकारको असफलताको संकेत भएको उनको भनाइ छ । अंक गणितमा इतिहासकै बलियो सरकार भए पनि कार्यसम्पादन प्रभावकारी हुन नसकेको सांसद लिङ्देनको दाबी छ । नेकपाले देशमा आन्दोलनमा नेतृत्वादायी भूमिका खेले पनि सत्ता सञ्चालन गर्न नसक्ने उनको आरोप छ । साथै सांसद लिङ्देनले ठूला दलको विकल्पका रुपमा राप्रपा उदाउन थालेको दाबी समेत गरे । अहिले जति पनि राजनीतिक दल सत्ताको वागडोर सम्हाल्न आए पनि व्यवस्था नै गलत भएकाले परिणाम जनअपेक्षा अनुरुपको हुन नसक्ने उनको तर्क छ । नेपालमा राष्ट्रपति राख्दा ज्यादै खर्चिलो भएकाले संवैधानिक राजतन्त्रको विकल्प खोज्नु परेको उनको दाबी छ ।
राप्रपाको अबको योजना, सरकारको काममा राप्रपा कति सन्तुष्ट रहेको छ । साथै, एमसीसीमा राप्रपाको धारणा के छ जस्ता विषयमा केन्द्रीत रहेर राप्रपाका प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनसँग केन्द्रबिन्दुका सरोज बस्यालले कुराकानी गरेका छन् । सांसद लिङ्देनसँगको पूरा अन्तवार्ताः
पूरा भिडियाे:





























प्रतिक्रिया