सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज प्रतितोला ८९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ सय रुपैयाँ बढेको हो ।

आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो ।

बुधबार पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भएको सुन विहिबार पनि सोही मूल्यमा कारोबार भयो । तर आज भने १०० रुपैंयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

गतहप्ता बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । लकडाउनको ७६ दिनपछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

Skip This
Skip This
Logo