नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित

नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन्।

बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः निगमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउन्ड ह्यान्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने उनीहरूले माग राखेका हुन्।

वार्षिक चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरूले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने चेतावनी दिएका छन् ।

Logo