नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राई ‘राई इज किङ’ले उदयपुरको बसाहामा धमाका मच्चाएका छन्। मंगलबार साँझ मंसिरे चिसो भएपनि उनले बेलटार बसाहाबासीलाई छमछमी नचाए ।
कार्यक्रममा गायक राईले ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत गाउँदै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। बसाहाबासी गायक राईले प्रस्तुती दिँदा कत्ति पनि थकित महसुस नगरी झुमिरहे ।
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनका कोचसमेत रहेका ‘राई इज किङ’ केही दिनअघि मात्र अमेरिकाको आफ्नो सांगीतिक टुर छोट्याएर नेपाल आएका थिए । भ्वाइसको छायाँकन सकिनेवित्तिकै उनी सांगीतिक कार्यक्रमका लागि पूर्वतिर लागेका हुन् । अब उनी आज मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा प्रस्तुत हुँदैछन् भने मंसिर २२ गते पाँचथरको फिदिम पुग्नेछन् ।































प्रतिक्रिया